स्वागतम्,
Wednesday 1st May 2024   |   Switch to English
Times of Nepal

नेतृत्वका लागि पहिलो चरणको मतदानमा बोरिस जोनसनको बहुमत

world news
सेयर गर्नुहोस

लण्डन, ३० जेठ : बेलायतको सत्ताधारी दलको संसदमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा बोरिस जोनसनलाई बहुमत प्राप्त भएको छ ।

प्रधानमन्त्री टरिजा मेले ब्रेक्जिट सम्झौताका लागि यूरोपेली यूनियन (इयू) सँग गरेको सम्झौतालाई बेलायतको संसदमा अनुमोदन नभएपछि प्रधानमन्त्रीबाट विदा लिने इच्छा अनुसार नयाँ नेतृत्वको लागि बिहीबार भएको मतदानमा जोनसनलाई अन्य नेतालाईभन्दा बढी मत परेको हो ।

संसदमा नेतृत्वका लागि १० जनाले दावी गरेपनि तीन जना पहिलो चरणको मतदानबाट बाहिरिएका छन् भने अब बाँकी सात जनाबीच प्रतिस्पर्धा हुनेछ ।

कन्जर्भेटिभ पार्टीको हाउस अफ कमन्समा प्रतिनिधित्व गर्ने ३१४ सांसदमध्ये ११४ जनाले ब्रेक्जिटको पक्षधर पूर्व विदेशमन्त्री जोनसनलाई मतदान गरेसँगै आगामी नेतृत्वमा जोनसनको सम्भावना बढेको छ ।

पार्टीको संसदीय दलको नेतृत्वका लागि निर्वाचित नेता नै वर्तमान प्रधानमन्त्री मेको उत्तरदायीका रूपमा चुनिने छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -