स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

राजनीतिक दलको घोषणापत्रमा आर्थिक दूरदर्शिताको अभाव

सेयर गर्नुहोस

पाकिस्तानी कार्यवाहक प्रधानमन्त्री अन्वर उल हक काकरले आम चुनावका लागि राजनीतिक दलहरूले जारी गरेको घोषणापत्रमा असन्तुष्टि व्यक्त गर्नु भएको छ । सोमबार राजनीतिक पार्टीले आफ्ना घोषणापत्र मार्फत अर्थतन्त्रको लागि उच्च तथा दिगो योजना प्रस्तुत नगरेको उहाँले बताउनु भएको हो ।


प्रधानमन्त्री काकरले आम चुनावमा भइरहेको ढिलाइलाई औचित्य प्रमाणित गर्ने कुनै कारण नभएको आश्वासन दिनु भएको छ ।
उहाँले अन्तर्वार्तामा राजनीतिक दलका उम्मेद्वारहरूले प्रचार गरिरहेको तथा आम चुनावमा ढिलाइका बारेमा फैलिएका अफवाहहरू फेब्रुअरी ८ गते साँझ समाप्त हुने बताउनु भएको छ ।
प्रधानमन्त्री काकरले दलहरूले अर्थतन्त्र सुधारमा ध्यान केन्द्रित गर्नुपर्ने कुरामा जोड दिदै कुनै पनि राजनीतिक पार्टीले दीर्घकालीन आर्थिक समस्याहरू समाधान गर्न प्रभावकारी एजेन्डा नल्याएको उल्लेख गर्नुभयो ।
रोजगार, आश्रय, सुलभ बिजुली, खाद्य सुरक्षा लगाएतका विषयमा राजनीतिक दलहरूले आफ्नो अभियानमा गरेका दाबीहरू स्थिर अर्थतन्त्रमा आकस्मिक रहेको उहाँको धारणा छ ।


उहाँका अनुसार राजनीतिक दलहरूले राजस्व उत्पादन र करको क्षेत्र विस्तार गर्ने योजना बनाउनु आवश्यक रहेको छ ।
स्क्यान्डिनेभियाली देशहरूमा ९१ प्रतिशत कर–जीडीपी अनुपातको उदाहरण दिदै पाकिस्तानी करको जीडिपीमा अनुदान अनुपात ९ प्रतिशत मात्र रहेको काकरको दाबी छ ।
निर्वाचन अघि वा पछि भएको धाँधलीका बारेमा उहाँले संसद्ले विगतबाट पाठ सिकी निर्वाचन सम्बन्धी कानूनमा भएका त्रुटिहरूलाई सम्बोधन गर्नुपर्ने बताउनु भएको छ ।


उहाँले पर्यवेक्षकहरूले अनुगमन गर्ने,स्थानीय र अन्तरराष्ट्रिय सञ्चार माध्यमले गतिविधिको बारेमा रिपोर्ट गर्ने, मापदण्ड अनुसार चुनाव स्वतन्त्र र निष्पक्ष हुने आश्वासन दिलाउनु भयो ।
मतदानको समय फेब्रुअरी ८ गते ९ बजेदेखि साँझ ५ बजे सम्म हुनेछ । सबैले मतदान गरी आफ्नो संवैधानिक अधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह छ ।
यसै बीच पाकिस्तानले सङ्घीय मन्त्रीहरू तथा सरकारी अधिकारीहरूलाई चुनाव नभएसम्म विदेश यात्रा गर्न प्रतिबन्ध लगाएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -