साउदी राजाका अङ्गरक्षकको साथीद्वारा गोली हानी हत्या साउदी राजाका अङ्गरक्षकको साथीद्वारा गोली हानी हत्या


trending news, latest news, hotnews, popular news, criminal case, corruption search, crime
४४

साउदी अरबका राजाका अङ्गरक्षक अब्दुल अजिज अल–फागमलाई आफ्ना साथीको घरमा गएका समय गोली हानी हत्या गरिएको छ । साउदी प्रेस एजेन्सीले आइतबार जनाएअनुसार फागमलाई शनिबार साँझ गोली हानी हत्या गरिएको थियो ।

मक्का प्रहरीका प्रवक्ताले घटनाको पुष्टि गरेका छन् । जेद्दाहस्थित साथीको घरमा गएका राजाका अङ्गरक्षकसँग चर्को भनाभनपछि एक्कासीबाहिर गएका फागमका साथीले फर्किँदा बन्दुक लिएर आएका थिए ।



हत्याराले आफ्नै भाई, राजाका अङ्गरक्षक र एक फिलिपिनी कामदारमाथि अन्धाधुन्ध गोली चलाउँदा सख्त घाइते भएका प्रहरी प्रवक्ताले जनाएका छन् । झडपबारे सूचना पाएको प्रहरी तत्काल घटनास्थल पुगेको र हत्यारासँगको दोहोरो भिडन्तमा पाँच जना प्रहरीसमेत घाइते भएका बताइएको छ । झडपमा अङ्गरक्षकमाथि आक्रमण गर्ने व्यक्ति पनि मारिएको प्रहरीले बताएको छ ।

उक्त स्थानमा भएको झडपमा घाइते बनेका अन्य सबै सातजनाको अवस्थास्थिर रहेको बताइएको छ । सम्वद्ध अधिकारीले घटनाबारे तत्काल अनुसन्धान शुरू गर्ने भन्दै यसबारे थप जानकारी अनुसन्धानपछि बाहिर आउने प्रवक्ताले बताए । अल–फागम साउदी अरबका पूर्व नरेश अब्दुल्लाह विन अब्दुल्लाजिज अल साउदका पनि अङ्गरक्षक हुनुहुन्थ्यो ।


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि