स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

जन्मदिन मनाउन प्रधानमन्त्री मोदी गान्धीनगरमा

Modi's dream
सेयर गर्नुहोस

गान्धीनगर, गुजरात, ३१ भदौ : प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ६९ औँ जन्मदिनका अवसरमा आशिर्वाद ग्रहण गर्न मङ्गलबार गान्धीनगर पुग्नुभएको छ ।

आफ्नो विशेष दिनका अवसरमा भारतीय प्रधानमन्त्री मोदीले आफ्नी आमा हिराबेन मोदीबाट आशिर्वाद लिनुभएको थियो । उहाँले बूढी आमासँगै बसेर गुजुराती थालीमा भोजनसमेत गरेको तस्वीर भारतीय सञ्चारमाध्यमहरूले छापेका छन् ।

भारतीय जनता पार्टीले निर्वाचनमा पाएको अपार सफलतापछि दोस्रोपटक प्रधानमन्त्री बन्नुभन्दा पहिले यसै बर्ष उहाँले आफ्नी आमालाई दर्शन गरी आशिर्वाद लिनुभएको थियो । उक्त दिन उहाँ गुजरात नै बस्नुभएको थियो ।

जन्मदिनका अवसरमा मोदी घर जाने जानकारीपछि उहाँको सुरक्षाका लागि गान्धीनगरमा विहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -