चीनमा पहिरोबाट सत्र जना मजदूर बेपत्ता चीनमा पहिरोबाट सत्र जना मजदूर बेपत्ता



११

बेइजिङ, ३१ साउन – दक्षिणपश्चिमी चीनको एक रेलवे स्टेशन पुनः निर्माण भइरहेको अवस्थामा आएको पहिरोका कारण कम्तीमा १७ जना मजदूर बेपत्ता भएका राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ ।

पहाडीका इलाकामा रेलको लिक निर्माण कार्यमा संलग्न १७ जना कामदार बेपत्ता रहेका चाइना डेलीले जनाएको छ । सिचुआन प्रान्तको गान्लुओ ग्रामीण इलामा एकदम छिटो सो पहिरो आएको प्रत्यक्षदर्शीले बताएका छन् ।



रेल निर्माणको निरीक्षण गरिरहेका चीनका रेल अधिकारी चुन कुनले चट्टान र माटो दुई वा तीन सेकेन्डभित्र खसेको र आफूहरु दौडिरहेको बेलामा चट्टानले आफूलाई पछ्याएको महसूस भएको बताउनुभएको छ ।


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि