स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

मलेसियाका प्रधानमन्त्री महाथिरको ९४औँ जन्मोत्सव

सेयर गर्नुहोस

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले बुधबार ९४औँ जन्मोत्सव मनाउनु भएको छ ।

अहिले सरकारको नेतृत्वमा रहेका नेताहरूमध्ये उहाँ सम्भवतः संसारकै सबैभन्दा ज्येष्ठ सरकार प्रमुख हुनुहुन्छ ।

उहाँ अहिले दोस्रो चरणको राजनीतिक जीवनमा मलेसियाको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो । गत मेमा भएको निर्वाचनमा उहाँको गठबन्धनले विजय हासिल गरेपछि उहाँ फेरी प्रधानमन्त्री बन्नु भएको हो ।

यसअघि उहाँले प्रधानमन्त्री भएका बेला देशका लागि अविस्मरणीय योगदान गरेर सक्रिय राजनीतिबाट टाढिँदै जानु भएको थियो । तर देशमा भ्रष्टाचार र विकृति बढ्दै गएको भन्दै फेरी सक्रिय राजनीतिमा फर्किनु भएको हो ।

उहाँले आफूलाई जन्मदिनको अवसरमा शुभकामना दिने सबैप्रति धन्यवाद ज्ञापन गर्नुभएको समाचारमा जनाइएको छ ।
–––

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -