बिआरआई सम्झौता अनुमोदन बिआरआई सम्झौता अनुमोदन


latest world news
१९

अल्जियर्स, २५ असार : अल्जेरियाले चीनले अघि सारेको बेल्ट एन्ड रोड (बिआरआई) कार्यक्रमलाई औपचारिक रुपमा अनुमोदन गरेको छ । अल्जेरियाको एपीएस समाचार संस्थाका अनुसार उत्तर अफ्रिकी मुलुक अल्जेरिया गत वर्ष सेप्टेम्बरमा सहभागी भएको थियो ।

बिआरआई सम्बन्धी सहमतिपत्रमा अल्जेरियाका अन्तरिम राष्ट्रपति अब्देलकादेर बेनसलाहले हस्ताक्षर गर्नुभएको र त्यसलाई सरकारी राजपत्रमा प्रकाशन गरिएको छ ।



राष्ट्रपतिको आदेशमा अल्जेरिया र चीनले पूर्वाधारका क्षेत्रमा पारस्परिक लाभ तथा दुबै पक्षबीच सहमति भएका अन्य क्षेत्रमा आपसी सहयोगलाई बढावा दिइने उल्लेख छ ।

सन् २०१८ को सेप्टेम्बर ४ मा बेइजिङमा सम्पन्न चीन–अफ्रिका सहयोग मञ्चको बैठकका अवसरमा अल्जेरिया र चीनबीच बिआरआईमा सहभागी हुनेबारे सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

सन् २०१३ मा चीनले प्रस्ताव गरेको बिआरआईले सिल्करोड आर्थिक क्षेत्र तथा एक्काइसौं शताब्दीको म्यारिटाइम सिल्करोडलाई समेट्छ । यस कार्यक्रम मार्फत एसियासँग युरोप, अफ्रिका र अन्य क्षेत्रलाई जोडेर व्यापारलाई बढावा दिने तथा पूर्वाधारको विशाल सञ्जाल निर्माण गरिनेछ ।

अल्जेरियाले हाल विशाल पूर्वाधार परियोजनाहरु निर्माण गरिरहेको र त्यसलाई बिआरआई कार्यक्रममा समावेश गर्न प्रयास गरिरहेको छ ।

विगत छ वर्षदेखि नै अल्जेरिया चीनको प्रमुख आर्थिक साझेदार रहिआएको छ । दुबै मुलुकबीच करिब ९ अर्ब डलरको वार्षिक व्यापार हुने गरेको छ ।

सन् २००९ को पहिलो पाँच महिनामा चीनले करिब ३ अर्ब ५० करोड डलर बराबरका सामग्री अल्जेरिया निकासी गरेको थियो ।


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि