स्वागतम्,
Wednesday 1st May 2024   |   Switch to English
Times of Nepal

अफगानिस्तानमा दश लडाकू मारिए

सेयर गर्नुहोस

अफगानिस्तानमा दश लडाकू मारिए

गार्डेज, १५ असार : अफगानिस्तानमा सुरक्षाकर्मीहरुले गरेको हवाई आक्रमणमा परी कम्तीमा दश जना तालिबान लडाकू मारिएका छन् ।
देशको पाक्तीया प्रान्तमा पर्ने गार्डासिरा जिल्लामा भएको हवाई कारबाहीमा परी उनीहरु मारिएको प्रान्तीय प्रहरी प्रवक्ता सर्दार वली तबासमले आइतबार जानकारी दिनुभयो ।
गुप्तचर निकायले दिएको सूचनाका आधारमा सुरक्षाकर्मीहरुले शनिबार राती गार्डासिरा जिल्लाको सारखिलो क्षेत्रमा आक्रमण गरेका हुन् ।
घटनास्थलबाट सुरक्षाकर्मीहरुले केही हातहतियारहरु समेत बरामद गरेको प्रवक्ता तबासमले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्थलगत रुपमा गएका सुरक्षाकर्मीहरुले अरु दश जनालाई गिरफ्तार पनि गरेका छन् । घटनाका बारेमा तालिबान लडाकूहरुको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -