स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

चीनको शानदोङ क्षेत्रमा लामो खडेरीका कारण जनजीवन प्रभावित

पाठ्यक्रम विकास केन्द्रले नेपाली अङ्ग्रेजी, फ्रान्सेली, रुसी, जर्मन, स्पेनी, चिनियाँ, हिन्दी, जापानी, बङ्गाली, उर्दू, तिब्बती, संस्कृत, ग्रिक, ल्याटिन, अरबी, पर्सियन, हिब्रु, मैथिली, नेवारी, अवधी, भोजपुरी
सेयर गर्नुहोस

जिनान, चीन, ६ असार : चीनको पूर्वी शानदोङ प्रान्तमा यस बर्ष लामो खडेरीका कारण सामान्य जनजीवन प्रभावित बनेको छ ।

जुन १८ सम्म खडेरीका कारण करिब छ लाख ५६ हजार ६६७ हेक्टर क्षेत्रफलमा लगाइएको खाद्यान्न तथा तरकारीवाली लगायतका अन्य व्यवसायिक खेतीमा समेत व्यापक प्रभाव परेको शानदोङ प्रान्तीय बाढी नियन्त्रण तथा खडेरी प्रभावितका लागि राहत वितरण केन्द्रले शुक्रबार जनाएको छ ।

शानदोङका अधिकारीले खडेरीका कारण जनमानसमा परेको तथा आगामी दिनमा पर्ने प्रभावलाई सम्बोधन गर्न आपतकालीन प्रबन्धकीय कामलाई अभियानका रूपमा सरकारले अघि बढाएको छ ।

उक्त प्रान्तमा यस बर्ष गत बर्षको तुलनामा अत्यन्यै कम पानी परेको बताइएको छ । अधिकारीका अनुसार शानदोङमा यस बर्ष १०१.२ मिलिमिटर मात्रै पानी परेको छ, जुन गत बर्षको तुलनामा ३७ प्रतिशत कमी हो ।

यस बर्ष शानदोङ प्रशासनले १४ करोड १० लाख अमेरिकी डलर खडेरी–सहायता कोष खडा गरी परिचालनमा ल्याएको छ भने खडेरीको प्रभाव कम गर्ने अभियानमा करिब १५ लाख २० हजार सम्बन्धित व्यक्ति परिचालन गरिएको छ ।

चीनको मौसम विज्ञान अधिकारीले उक्त प्रान्तमा निकट भविष्यमा पनि थोरै मात्र बर्षा हुने अनुमान गरेका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -