महिला सहकर्मीलाई थप्पड हानेको आरोपमा पक्राउ महिला सहकर्मीलाई थप्पड हानेको आरोपमा पक्राउ


money, trending news, hot news, latest news

३१ जेठ : केन्यामा आफ्नो निर्वाचनक्षेत्रमा बजेट नदिएको भन्दै रशिद कास्सिम नाम गरेका एक सांसदले फातुमा गेडी नाम गरेकी सांसदलाई आक्रमण गरेको बताइएको छ । गेडी संसद्को बजेट समितिमा सदस्य पनि भएको समाचारमा उल्लेख छ ।

आक्रमणपछिको एक फोटोमा गेडी रुँदै गरेको र उनको मुखमा रगत निस्केको देखिन्छ । उक्त फोटो सामाजिक सञ्जालमा व्यापक भएपछि यस समाचारले बढी चर्चा पाएको छ ।



पूर्वी केन्याबाट सांसदमा निर्वाचित कास्सिमले आफ्नो निर्वाचन क्षेत्रमा किन रकम विनियोजन नगरेको भन्दै गेडीसँग संसद भवनस्थित गाडी रोक्ने स्थानमा झगडा गरेको समाचारमा जनाइएको छ ।
त्यसपछि पुरुष सांसदहरुले ’थप्पड दिवस’ हो भनि महिला सहकर्मीहरूलाई होच्याएको समाचारमा जनाइएको छ । कास्सिमलाई पक्राउ गर्नुपर्ने मागसहित महिला सांसदहरू संसदबाट बाहिरिएपछि आरोप लागेका सांसद पक्राउ परेका जनाइएको छ ।


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

लोकप्रिय

विचार/ब्लग

ads logo
ads logo
ads logo

भिडियो / टीभी