स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

चिनियाँ प्रिन्टिङ सेवा अफ्रिका पुग्यो

पाठ्यक्रम विकास केन्द्रले नेपाली अङ्ग्रेजी, फ्रान्सेली, रुसी, जर्मन, स्पेनी, चिनियाँ, हिन्दी, जापानी, बङ्गाली, उर्दू, तिब्बती, संस्कृत, ग्रिक, ल्याटिन, अरबी, पर्सियन, हिब्रु, मैथिली, नेवारी, अवधी, भोजपुरी
सेयर गर्नुहोस

चाङ्सा, ३१ जेठ – चीनको हुनान प्रान्तमा मुख्यालय रहेको सिन प्रिन्टिङ टेक्नोलोजी कम्पनीले आफ्नो व्यवसाय अफ्रिकामा विस्तार गर्न थालेको छ ।

सिन प्रिन्टिङको मुख्यालयबाट पहिलो चरणमा ३०० भन्दा बढी फोटोकपी मेसिन घानातर्फ पठाइएको छ । कम्पनीले ग्राफिक्स उत्पादन, प्रिन्टिङ र उपकरण बिक्री, मर्मत र भाडामा दिने समेतका विविध कार्यहरु गर्नेछ ।

सिन प्रिन्टिङका अध्यक्ष लुओ गुओक्सिङले अफ्रिकामा आधुनिक प्रिन्टिङ उपकरण र सेवाको ठूलो माग रहेको जानकारी दिनुभयो । उहाँले अफ्रिकाका ५० देशमा सञ्चालन तथा उत्पादन केन्द्रहरु पनि खोल्ने तयारी भइरहेको बताउनुभयो ।

करिब ५०० जनालाई रोजगारी दिइरहेको सिन प्रिन्टिङले सन् २०१८ मा करिब दुई करोड २० लाख अमेरिकी डलरको कारोबार गरेको थियो ।

सिन्ह्वा काउन्टीको यो कम्पनी चीनमै प्रिन्टिङ सेवामा अग्रणी मानिन्छ । चीनमा करिब ६० हजार प्रिन्टिङ पसलहरु रहेको सिन प्रिन्टिङले चीनको कूल बजारको करिब ७० प्रतिशत हिस्सा ओगटेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -