स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

अफगानिस्तानमा १३ जना लडाकू मारिए

सेयर गर्नुहोस

काबुल, २९ बैशाख – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा शनिबार भएको गोली हानाहानमा कम्तीमा १३ जना तालिबान लडाकूको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको विज्ञप्तिमा कान्दाहार प्रान्तको मरुफ जिल्लाको नदिर खान गाउँमा भिडन्त भएको जनाइएको छ । अफगानिस्तान प्रहरीतर्फ भएको क्षतिका बारेमा केही खुलाइएको छैन । तालिबान समूहले भने उक्त घटनाका बारेमा केही बताएका छैनन् ।

यसैबीच, उत्तरी बाघ्लान प्रान्तमा भएको एक अर्को भिडन्तमा दुई सुरक्षाकर्मीको ज्यान गएको छ । बाघ्लान प्रान्तका गुप्तचर निकायका उपनिर्देशक गफुर खानले सुरक्षाकर्मी चढेको सवारी साधनलाई लक्षित गरी बारुदी सुरुङ बिस्फोट गराइएको जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -