स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

अध्यक्ष तिमिल्सेनालाई प्रतिवेदन

सेयर गर्नुहोस

राष्ट्रिय सरोकार तथा समन्वय समितिले मुलुकका सातै प्रदेशबाट प्राप्त सुझावसहितको प्रतिवेदन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनालाई बुझाएको छ ।

समितिले साँढे दुई महीनाको अवधिमा गरेका प्रादेशिक अन्तत्र्रिmयाका क्रममा विज्ञका कार्यपत्र, नागरिक समाज र तीन तहकै जनप्रतिनिधिबाट प्राप्त सुझावका आधारमा सो प्रतिवेदन तयार पारेको थियो ।

उक्त प्रतिवेदन समितिका सभापति दिलकुमारी रावलले आज अध्यक्ष तिमिल्सेनालाई हस्तान्तरण गर्नुभएको हो ।प्रतिवेदनमा प्रदेश र स्थानीय तहमा देखापरेका समस्या, आयोजना सञ्चालन, समन्वय र कानून निर्माणको अवस्था, स्रोत सङ्कलन र बाँडफाँड, समन्वयिक विकासमा सङ्घबाट निर्वाह गरिनुपर्ने भूमिकालगायत विषयबस्तु समेटिएको छ ।

निर्वाचन क्षेत्र विकास पूर्वाधार साझेदार कार्यक्रमलाई समावेशी र सन्तुलित तुल्याउन हालको कार्यविधि परिमार्जन गर्न सांसदहरुले दिएका सुझाव पनि प्रतिवेदनमा परेको समितिका सचिव सुर्दशन कुइँकेलले जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -