स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

अवैध काठ बरामद

सेयर गर्नुहोस

कृष्णपुर नगरपालिका–१ निगालीमा रहेको विशाल सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीले अवैध रुपमा कटानी गरेको आठ थान सालको गोलिया आज बरामद गरिएको छ ।

वाणी सब–डिभिजन कार्यालयबाट खटिएर गएको वन अधिकृतसहितको टोलीले अवैध रुपमा कटानी गरी लुकाई छिपाई राखेको ७२ दशमलव ५२ क्युविक फुट सालको गोलिया बरामद गरेको हो । अवैध रुपमा काठ कटानी गर्ने कार्यमा संलग्न सामुदायिक वन उपभोक्ता समूहका सहसचिव रमेशबहादुर बुढा र अनुगमन समितिका संयोजक धनबहादुर ठकुल्ला फरार छन् ।

फरार रहेका दुवै जनाको खोजी भइरहेको वाणी सब–डिभिजन कार्यालयका प्रमुख विश्वराज पण्डितले बताउनुभयो । वनका सुरक्षाकर्मीले अवैध रुपमा काठ कटानी भएको जानकारी पाएपछि बुझ्न जाने क्रममा जेठ ३२ गते वनरक्षक जोखनलाल गडरियामाथि साङ्घातिक हमलासमेत भएको छ ।

अवैध काठ कटानीमा संलग्न दुवै जनाले गडरियामाथि हमला गर्दा उहाँको करङ भाँचिएको छ । उपचारका लागि उहाँलाई कैलालीको अत्तरियामा रहेको पद्मा अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । डिभिजन वन कार्यालयका प्रमुख अजयविक्रम मानन्धरले समेत प्रेस विज्ञप्ति जारी गर्दै कर्तव्यपालनको सिलसिलामा खटिएका वनरक्षकमाथि हमला गर्नेमाथि कानूनी कार्वाही गर्न माग गर्नुभएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -