स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

चीनमा रेल दुर्घटनामा छ जनाको मृत्यु

सेयर गर्नुहोस

बेइजिङ, २९ चैत – मध्य चीनमा भएको मालबाहक रेल दुर्घटनामा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

आलुमिनियमको कच्चा धातु बोकेको रेल पल्टिएर नजिकको घरभित्र पसेको थियो । दुर्घटनामा रेलका २५ वटा डब्बा रेलमार्गबाट बाहिर उछिट्टिएका थिए ।

हेनान प्रान्तको गोन्यीमा भएको यस दुर्घटनामा खोज तथा उद्धारको कार्य जारी रहेको स्थानीय प्रहरी अधिकारीले बताएका छन् । खोजका क्रममा चार जना रेलसेवाका कर्मचारी र दुई जना स्थानीय गाउँलेको मृत्यु भएको पाइएको छ ।

रेलका डब्बा एकअर्कामाथि खप्टिएको अवस्थामा रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । अधिकारीहरुले घटनाको अनुसन्धान पनि शुरु गरेका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -