स्वागतम्,
Tuesday 30th April 2024   |   Switch to English
Times of Nepal

देवघाटधाममा हुने विराट महायज्ञ ‘एकपटक दर्शन गर्नै पर्ने महाअनुष्ठान ’ : पण्डित पोखरेल

Pundit deenbandhu Pokharel - The Times Of Nepal
सेयर गर्नुहोस

काठमाडौँ, १० माघ : नारायण पोखरेल प्रतिष्ठानका प्रमुख संरक्षक एवम् वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले भरतपुर, चितवन देवघाटधाममा यहि माघ ११ गतेदेखि हुने श्रीमद्भागवत महापुराण तथा धनधन्याचल विराट महायज्ञ भारद्वाज गोत्री पोखरेलको लागि ‘एकपटक दर्शन गर्नै पर्ने महाअनुष्ठान ’ भएको बताउनु भएको छ ।

द टाइम्स अफ नेपालका प्रधान सम्पादक ज्ञान प्रसाद पोखरेल सँग आज भएको कुराकानीमा पोखरेलले उक्त कुरा बताउनु भएको हो ।

पण्डित दीनबन्धु पोखरेल

महर्षि भारद्वाजको आश्रम निर्माणलगायतका पवित्र उद्देश्य राखी भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठान द्वारा आयोजना गरिएको उक्त अनुष्ठानले भारद्वाज गोत्रीय पोखरेल विचको बन्धुत्व, आपसी प्रेम र एकताको भावना अभिवृद्धि गर्ने थप विश्वास रहेको वाचन प्रवीण पोखरेलले बताउनु भयो ।

पण्डित पोखरेलले भोलि माघ ११ गतेदेखि संचालन हुने महायज्ञमा उपस्थित भइ ज्ञानमृत(ज्ञानसुधा) पान गरी पुण्य आर्जन गर्न विश्वभरी छरिएर रहेका भारद्वाज गोत्री लगाएत सम्पूर्ण सनातन धर्मावलम्वीहरुमा निमन्त्रणा समेत गर्नुभएको छ ।
महायज्ञको पहिलो दिन भोली कलश यात्रा र समुद्घाटन कार्यक्रम छ …….

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -