स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

पण्डित दीनबन्धु पोखरेलले पाए अमेरिकाको मानार्थ नागरिकता

पण्डित दीनबन्धु पोखरेल
सेयर गर्नुहोस

वासिङटन डिसी, असार १४ : सुविख्यात युवावाचक वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेललाई अमेरिकाले मानार्थ नागरिकता प्रदान गरेको छ ।

सामुदायिक भवन निर्माणका लागि आयोजित सप्ताहमा बाचनका लागि हाल अमेरिकामा रहेका पण्डित पोखरेललाई भर्जिनियास्थित टाउन अफ हर्नडन र हर्नडन टाउन काउन्सिलले मानार्थ नागरिकता प्रदान गरेको हो।

नेपाली समूदायप्रति पुर्याएको योगदान तथा विश्व समूदायमा शान्ति, आध्यात्मिकता र मानवताको सन्देश प्रवाह गरेवापत उनलाई अमेरिकामा मानार्थ नागरिकता प्रदान गरिएको बताएको छ ।

अमेरिकी सरकारले प्रदान गरेको यो मानार्थ नागरिकता सबै नेपालीको लागि गौरवको विषय भएको बताएका बताउदै,

कुनै चाहेर पनि होइन, माग गरेर पनि होइनस अमेरिकी भूमिमा सेवा गरे बापत आज अमेरिकी सरकारले नेपालीहरूको इतिहासमा पहिलो पटक म ९नेपाली० लाई मानार्थ नागरिकता प्रदान गरेको छ, यो सबै नेपालीका लागि गौरवको विषय हो । सबैको जय होस । नारायण १

मानार्थ नागरिकताबारेको प्रमाणपत्रमा नेपाली मूलका अमेरिकी जनप्रतिनिधि हर्नडन टाउन काउन्सिलका सदस्य प्रदीप ढकालको हस्ताक्षर गरेका छन्

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -