‘वृक्षरोपण गरौँ, हरियाली बढाऔँ’ भन्ने नाराका साथ सरकारले शुरु गरेको वृक्षरोपण अभियानलाई सफल बनाउन डिभिजन वन कार्यालय मोरङले बिरुवा उत्पादन र वितरण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको छ ।
यसका लागि कार्यालयले यो वर्ष कूल सात लाख ४० हजार बिरुवा उत्पादन गरेको छ भने एक लाख ३६ हजार बिरुवा वितरण गरिसकेको छ । उत्पादित बिरुवा साउन १५ गतेभित्र वितरण गरिसक्ने डिभिजन प्रमुख विशाल घिमिरेले जानकारी दिनुभयो ।
सरकारले यो वर्ष देशभरमा पाँच करोड वृक्षरोपण गर्ने निर्णयलाई देशभरकै सम्बन्धित कार्यालयले पालना गर्नुपर्ने प्रावधानअनुसार डिभिजन वन कार्यालय मोरङले पनि सो उद्देश्यलाई पूरा गर्न लागिपरेको छ ।
मोरङमा कूल एक लाख ८५ हजार ५५० क्षेत्रफलमध्ये ४४ हजार ५०० हेक्टर जग्गामा वन रहेको डिभिजन वन कार्यालयले जनाएको छ । वनको विकास र विस्तार गर्न मोरङमा १७ एकाइमार्फत उत्पादन गरेको बिरुवा वितरण भइरहेको छ । वनले ७९ प्रजातिका बिरुवा उत्पादन गरेको छ ।
बिरुवा उत्पादन गर्ने नर्सरीमा सबैभन्दा उत्कृष्ट र व्यवस्थित सवडिभिजन वन नर्सरी सलकपुरका छन् । यसमा प्रदेश सरकारले रु २० लाख लागत लगाएर बनाइएको सो नर्सरीमा अहिले दुई लाख ५० हजार बिरुवा रोप्ने खालको उत्पादन भएको छ । यहाँ ३० प्रजातिका बोटबिरुवा उत्पादन भएको पाइएको छ ।
नर्सरीबाट उत्पादन भएको बिरुवा छिट्टै सर्ने र निःशुल्क पनि हुने भएकाले बिरुवाको माग बढेको पाइएको छ । मोरङमा ९६ प्रतिशत वन महेन्द्र राजमार्गदेखि उत्तरतर्फ छ भने दक्षिणी क्षेत्रमा वनको क्षेत्र बढाउन वृक्षरोपण गर्नुपर्ने र यसका लागि सरकारले मठमन्दिर, नदी किनार, गौचरन र सार्वजनिक एवं खाली जग्गामा वृक्षरोपण गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।
वनजङ्गलमा देखिएको निकै पुराना रुखले गर्दा नयाँ बिरुवा हुर्कन नसक्ने र पछि जङ्गल पातलिने हुने भएकाले वनलाई घना बनाउन तथा व्यवस्थित गर्न सरकारले अहिले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गरेको छ ।
सोही कार्यक्रमअन्तर्गत सामुदायिक वन उपभोक्ता समितिले सानो क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापन परीक्षण कार्यक्रम शुरु गरेको नमूना सामुदायिक वन उपभोक्ता समिति लेटाङका अध्यक्ष गोपाल शर्मा चौलागार्इंले बताउनुभयो ।
यस्तै जनसेवा सामुदायिक वन उपभोक्ता समूह लेटाङका अध्यक्ष दिलराम राईले पनि ३०५ हेक्टर जग्गामा रहेको सामुदायिक वनको केही क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापन शुरु गरेको जानकारी दिनुभयो ।
उहाँले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमले प्रस्तावित क्षेत्रमा वन राम्रो भएको र अहिले सामुदायिक वनमा रुख कटान गर्दा सालका रुख सबैभन्दा कम काट्नुपर्ने स्थिति छ भने अबको ५० वर्षपछि वैज्ञानिक वन व्यवस्थापनले सालको रुख बढी उत्पादन हुने कटान पनि गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।