स्वागतम्,
Friday 3rd May 2024   |   Switch to English
Times of Nepal

दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा

सेयर गर्नुहोस

नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी एवं पार्टी सल्लाहकार सदस्य सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ ।

कार्यालयको प्राङ्गणमा आयोजित शोकसभामा उहाँको पार्थिव शरीरमा प्रधानमन्त्री दाहालले पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभयो । उहाँको पार्थिव शरिरमा प्रधानमन्त्री दाहालले पार्टीको झण्डासमेत ओढाउनुभयो । उपस्थित अन्यले पनि श्रद्धाञ्जली अपर्ण गर्दै एक मिनेट मौन धारणा गरेका थिए ।

शोकसभामा नेकपा ९माओवादी केन्द्र०का वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, नेकपा९एकीकृत समाजवादी०का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख अग्नि सापकोटा, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपालका लागि चिनियाँ राजदूत छनसोङलगायत विभिन्न दलका नेता तथा कार्यकर्ताले श्रद्धाञ्जली अपर्ण गर्नुभएको छ ।

प्रधानमन्त्री दाहाल पत्नीको निधनप्रति रास्वपाद्वारा शोक व्यक्त

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहालको असामयिक निधनप्रति शोक व्यक्त गरेको छ ।

पार्टीका महामन्त्री एवं प्रवक्त डा मुकुल ढकालले शोक वक्तव्य जारी गर्दै दाहालको असामयिक निधनप्रति पार्टी मर्माहत र स्तब्ध बनाएको बताउनुभएको छ ।

“यस दुःखद घडीमा सम्पूर्ण रास्वपा परिवार उहाँको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौँ । साथै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने हार्दिक कामना गर्दछौँ”, शोक वक्तव्यमा भनिएको छ ।

पार्टी सभापति रवी लामिछानेले दाहालको निधन भएको खबरले स्तब्ध बनाएको भन्दै यस दुःखद् घडीमा उहाँको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

माओवादी केन्द्र पदाधिकारी बैठक बस्दै

नेकापा (माओवादी केन्द्र)को केन्द्रीय पदाधिकारी बैठक केहीबेरमा बस्नेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी एवं नेकपा (माओवादी केन्द्र)का सल्लाहकार सीता दाहालको निधन भएपछि बैठक बस्न लागेको हो ।

बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने र नेताहरु आउने क्रम सुरु भएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो । माओवादी केन्द्रका अध्यक्ष दाहाल पत्नी एवं माओवादी केन्द्रका सल्लाहकार सीताको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको थियो ।

सिता दाहालले मुलुकमा गणतन्त्र ल्याउनका लागि भएको जनयुद्धको समयमा पति प्रचण्डको नेतृत्वलाई सफलतामा पु¥याउन आफ्नो जीवन बाजी लगाएर सहयोग पु¥याउनुभएको थियो । पार्टी कामका लागि पञ्चायतीकालमा लामो समय भूमिगत जीवन बिताउनुभएकी दाहालले देशमा जनयुद्ध सुरुवात भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रियरुपमा सहभागी हुनुभएको थियो ।

पार्टी सल्लाहकार दाहालको पार्थीव शरीर श्रद्धाञ्जलिका लागि आज बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने र अपराह्न २ बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।

अध्यक्ष नेपालद्वारा दुःख व्यक्त

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मङ्गलबार भएको हेलिकोप्टर दुर्घटनामा दिवङ्गत हुनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । अध्यक्ष नेपालले विज्ञप्ति जारी गर्दै उक्त दुर्घटनाले आफूलाई स्तब्ध बनाएको उल्लेख गर्नुभएको छ । उहाँले उक्त हेलिकोप्टर दुर्घटनामा दिवङ्गत भएकाको आत्माको चिर शान्तिको कामना गर्नुभएको छ । सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ लामजुरामा दुर्घटना हुँदा क्याप्टेन चेतबहादुर गुरुङ र पाँच म्याक्सिकोका नागरिकको ज्यान गएको थियो ।

सभामुख घिमिरेद्वारा दाहालको निधनमा दुःख व्यक्त

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवन सङ्गिनी सीताको निधनको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ । उहाँले आज एक शोक वक्तव्य जारी गर्दै दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

सभामुख घिमिरेले शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री पत्नी सीताको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

प्रधानमन्त्रीपत्नी दाहालको निधन

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधन भएको छ ।

थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा दाहालको आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको प्रधानमन्त्री दाहालका निजी चिकित्सक प्रा डा युवराज शर्माले जानकारी दिनुभयो ।

दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । दाहाल माओवादी केन्द्रको सल्लाहकार हुनुहुन्थ्यो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -