स्वागतम्,
Monday 29th April 2024   |   Switch to English
Times of Nepal

आइसिसी विश्वकप क्रिकेट छनोट : नेपालले नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै

सेयर गर्नुहोस

आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत नेपालले अहिले नेदरल्यान्ड्सविरुद्धको खेलमा ब्याटिङ गरिरहेको छ । नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेको थियो ।

जिम्बावेको टाकासिँगा स्पोर्टस् क्लबमा खेल भइरहेको छ । सुपर सिक्समा स्थान बनाउनका लागि दुवै टोलीसामु आजको खेल जित्नैपर्ने दबाब छ । जारी प्रतियोगितामा नेपालको यो चौथो खेल हो भने नेदरल्यान्ड्स तेस्रो खेल खेल्दै छ ।

नेपाल पहिलो खेलमा जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा नेपालले अमेरिकालाई छ विकेटले हराएको थियो । नेपाल तेस्रो खेलमा वेस्टइन्डिजसँग एक सय एक रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

यस्तै नेदरल्यान्ड्स पहिलो खेलमा जिम्बावेसँग छ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । नेपाललाई आजको खेलमा पराजित गरेको खण्डमा नेदरल्यान्ड्स सुपर सिक्समा पुग्नेछ । हालसम्म नेपाल र नेदरल्यान्डबीच दुई एकदिवसीय खेल भएका छन् । दुवैले एक÷एक खेलमा जित हासिल गरेका छन् ।

नेपाली टोलीमा आसिफ शेख, कुशल भूर्तेल, भीम सार्की, कप्तान रोहितकुमार पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -