स्वागतम्,
Saturday 4th May 2024   |   Switch to English
Times of Nepal

प्रयोगशाला परीक्षण शुल्क निर्धारण गर्न मेलानले गरायो स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण

melan-
सेयर गर्नुहोस

स्वास्थ्य प्रयोगशालाकर्मीहरुको पेसागत छाता संगठन मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान)ले स्वास्थ्य सेवाको मूख्य आधारस्तम्भको रुपमा रहेको प्रयोगशाला सेवाको परिक्षण सेवाको शुल्क निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रयोगशाला परिक्षण शुल्कमा एकरुपता नहुँदा र व्यावशायीहरु विच देखिएको अस्वस्थ प्रतिस्पर्धाले सेवाको गुणस्तरीयता मै समेत गम्भीर प्रश्न उठ्ने गरेको जसले आम जनता मारमा पर्ने गरेकोले एक निश्चित मापदण्ड तय गरी बैज्ञानिक शुल्क निर्धारण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय शेर बहादुर तामाङ्गज्यूलाई ध्यानाकर्षण पत्र बुझाइएको जानकारी मेलानका अध्यक्ष राजेन्द्र खड्काले बताए ।

स्वास्थ्य क्षेत्रका अन्य सेवाको शुल्क निर्धारण गरिएको भएता पनि हाल प्रयोगशालामा हुने रगत, दिसा, पिसाव, खकार, लगायतका नमूना परिक्षण शुल्क सरकारले नतोक्दा विभिन्न स्वास्थ्य संस्थाहरुले आ–आफ्नै ढंगले शुल्क लिने गरेका छन् ।
उक्त कार्यक्रममा नव नियूक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेर बहादुर तामाङ्गज्यूलाई मेलानका तर्फबाट बधाई तथा शुभकामना समेत दिइएको मेलानका महासचिव रेशम अधिकारीले बताए ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -