स्वागतम्,
Monday 29th April 2024   |   Switch to English
Times of Nepal

पोखरेली युवा सांस्कृतिक परिवारमा भुजेल

Gandaki Pradesh - The Times Of Nepal
सेयर गर्नुहोस

गण्डकी, ५ पुस:साहित्य, कला र सङ्गीतको उत्थान : हाम्रो प्रण’ भन्ने नाराका साथ २०३४ सालदेखि अनवरत वाङ्मयका क्षेत्रमा क्रियाशील पोखरेली युवा सांस्कृतिक परिवारको ४०औँ साधारणसभा तथा अधिवेशनले मोती भुजेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

परिवारको उपाध्यक्षमा उपेन्द्र पौडेल, सचिवमा डा चैतन्य अधिकारी, कोषाध्यक्षमा अर्जुन अधिकारी, सहसचिवमा शिव त्रिपाठी, साहित्य संयोजकमा रीता अधिकारी, सङ्गीत संयोजकमा एमडी काफ्ले र कला संयोजकमा हेमकान्ती गुरुङ हुनुहुन्छ ।

त्यस्तै सदस्यमा तीर्थ गुरुङ, प्रकाश आचार्य, सुदर्शन पौडेल, दीपेन्द्र थापा र लिली अधिकारी रहनुभएको निर्वाचन संयोजक आनन्द श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा परम्परागत शिल्पकला विभाग प्रमुख प्रज्ञा परिषद् सदस्य एवं नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान सदस्य वुद्धि गुरुङले पोखरेली युवा सांस्कृतिक परिवारले कला तथा संस्कृतिको जगेर्नामा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

कवि एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठले ४३ वर्षसम्म अनवरत चलेको उदाहरणीय संस्था पोखरेली युवा सांस्कृतिक परिवार रहेको चर्चा गर्नुभयो । प्राज्ञ रमेश श्रेष्ठ, प्रकाश घिमिरे, सरस्वती प्रतीक्षा, उपेन्द्र पौडेल, प्रकाश ज्ञवाली, जीवन सागर भण्डारी, निर्वतमान अध्यक्ष प्रकाश ज्ञवाली, अर्जुन अधिकारी, मोती भुजेललगायतले पोखरेली युवा सांस्कृतिक परिवारले पोखराको कला तथा संस्कृतिको जगेर्नामा उल्लेख्य भूमिका निर्वाह गरेकामा जोड दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -