स्वागतम्,
Monday 29th April 2024   |   Switch to English
Times of Nepal

मुख्यमन्त्री गुरुङद्वारा धवलागिरि अस्पतालको निरीक्षण

सेयर गर्नुहोस

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना सङ्क्रमितको उपचार गराइराखेको धवलागिरि अस्पताल बागलुङको निरीक्षण गर्नुभएको छ । मुख्यमन्त्री गुरुङले मङ्गलबार साँझ अस्पतालको समस्या तथा कोरोना रोकथामका विषयमा जानकारी लिनुभएको थियो ।

अस्पताल सुधारका लागि गण्डकी प्रदेश सरकारले चासो दिएको भन्दै मुख्यमन्त्री गुरुङ अस्पताल सुधारका लागि पटकपटक निरीक्षणमा आउने गरेको धवलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले जानकारी दिनुभयो । मगरका अनुसार मुख्यमन्त्री गुरुङले अस्पतालको अक्सिजन प्लान्ट, आइसीयू, सर्जिकल वार्डलगायतको अवलोकन गर्नुभएको थियो । मुख्यमन्त्री गुरुङले कोरोना सङ्क्रमित भएर आइसोलेसन तथा आइसीयूमा रहेका बिरामीको अवस्था सिसीटिभी फुटेजबाट प्रत्यक्ष अवलोकन गरी जानकारीसमेत लिनुभएको थियो ।

अस्पताल व्यवस्थापन समितिले निरीक्षणमा पुग्नुभएकोमुख्यमन्त्रीलाई आइसीयूकक्षलाई सबै क्षमतामा चलाउन जनशक्ति अभाव रहेको, तीन शय्याको आइसीयूलाई पाँच शय्यामा स्तरवृद्धि गर्नुपर्ने र अक्सिजन भर्ने उपकरण खरिदका लागि बजेट मागलगायतका समस्या अवगत गराएको थियो ।

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश सरकारको पहलमा धवलागिरि अस्पतालमा निकै सुधार आएकामा खुशी व्यक्त गर्नुभयो । उहाँले कोरोना रोकथाममा अस्पतालले खेलको भूमिकाप्रति प्रशंसा गर्नुभएको थियो । धवलागिरि अस्पताल गण्डकी प्रदेशमै पहिलोपटक कोरोना सङ्क्रमितको उपचार गर्ने अस्पताल हो ।

शुरुमा कोरोना सङ्क्रमित राख्दै आएको अस्पतालले पछिल्लो समय सङ्क्रमितको चाप बढ्दै गएपछि लक्षण देखिएका सङ्क्रमितलाई मात्रै भर्ना लिँदै आएको छ । अस्पतालमा हाल तीन आइसीयू, दुई भेन्टिलेटर र २५ शय्याको आइसोलेसनकक्ष रहेको छ । गण्डकी प्रदेश सरकारले २०० शय्याको उपप्रादेशिक अस्पताल बनाउने लक्ष्यअनुरूप काम भइरहेको मुख्यमन्त्री गुरुङले जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -