स्वागतम्,
Monday 29th April 2024   |   Switch to English
Times of Nepal

वडा कार्यालय भवनको निर्माण सम्पन्न

Gandaki Pradesh - The Times Of Nepal
सेयर गर्नुहोस

कास्कीको मादी गाउँपालिकामा सात वटा वडा कार्यालय भवन निर्माण भएको छ ।

जिल्ला समन्वय समिति कास्कीको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशतका आधारमा कूल रु चार करोड ३४ लाखको लागतमा सात वटा सुविधा सम्पन्न वडा कार्यालय भवन निर्माण गरिएको हो ।

वडा नं. ४, ५ र १२ को कार्यालय भवनको निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ भने ६, ७, ८ र ९ को वडा कार्यालय भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् । जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले वडा नं. ५ स्थित तितेपानी देउरालीमा निर्माण भएको आधुनिक वडा कार्यालय भवनको आज एक समारोहबीच उद्घाटन गर्दै विकास निर्माणमा स्थानीय बासिन्दाको सक्रियताको खाँचो औँल्याउनुभयो ।

नवनिर्मित भवनबाट कार्यसम्पादनमा सहयोग पुग्नुका साथै जनताका काम छिटो र छरितो हुने गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङले जानकारी दिनुभयो । आवश्यकता अनुसार बाँकी वडा कार्यालय भवन समेत निर्माण गरिने उहाँको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का एकबहादुर कार्की, नेपाली काँग्रेसका भानु ढकाल, वडाध्यक्ष सत्यराज सापकोटा, जग्गादाता रुद्र अधिकारी लगायतले सुविधान सम्पन्न भवन निर्माणसंगै सेवाग्राहीलाई सुविधा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -