स्वागतम्,
Friday 3rd May 2024   |   Switch to English
Times of Nepal

चिनियाँ सांस्कृतिक नाटक ‘चू याँ’ पुनः प्रकाशित

chinese book
सेयर गर्नुहोस

नेपाल प्रज्ञा–प्रतिष्ठानबाट ‘चू याँ’ नामक चिनियाँ सांस्कृतिक नाट्यकृति ५८ वर्षपछि दोस्रो संस्करणका रूपमा पुनः प्रकाशन भएको छ । प्रसिद्ध चिनियाँ संस्कृतिकर्मी एवं तत्कालीन चीन सरकारका मन्त्री को–मो–जोद्वारा लिखित ‘चू याँ’ नामक नाटक देवेन्द्रराज अज्र्यालले चिनियाँबाट नेपाली भाषामा अनुवाद गर्नुभएको थियो । उक्त नाट्यकृति तत्कालीन नेपाल एकेडेमीका भाइस चान्सलर बालचन्द्र शर्माका पालामा विसं २०१८ मा प्रथम पटक प्रकाशन भएको थियो ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विदेशी साहित्यका बहुमूल्य एवं उत्कृष्ट सिर्जनालाई नेपाली भाषामा रूपान्तरण गरी छाप्ने नीतिअन्तर्गत ऐतिहासिक र विशिष्ट महत्व बोकेको चिनियाँ सांस्कृतिक नाटक ‘चू याँ’ पुनः प्रकाशन गरिएको बताउनुभयो ।

चिनियाँ सांस्कृतिक विशिष्टताले भरिपूर्ण उक्त नाटकले राष्ट्रभक्तिको विशिष्ट नमूना प्रस्तुत गरेको तथा वर्तमान सन्दर्भमा पनि नेपाली पाठकका लागि समेत उत्तिकै पठनीय र उपयोगी हुने उपकुलपति डा जगमान गुरुङले विश्वास व्यक्त गर्नुहभयो । प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले पाठकको माग एवं बहुमूल्य र विशिष्ट महत्वका पूर्व प्रकाशित कृतिलाई पुनः प्रकाशन गरिँदै जाने बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -