स्वागतम्,
Saturday 4th May 2024   |   Switch to English
Times of Nepal

‘चीनका प्राचीन कथा’ पुनः प्रकाशित

‘चीनका प्राचीन कथा’ पुनः प्रकाशित
सेयर गर्नुहोस

पुराना र ऐतिहासिक महत्वका कृति प्रकाशनका क्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘चीनका प्राचीन कथा’ पुस्तक पुनः प्रकाशन गरेको छ । तत्कालीन नेपाली साहित्य कला एकेडेमी, नेपाल एकेडेमी र रोयल नेपाल एकेडेमी हुँदै बनेको नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका प्रथम उपकुलपति बालचन्द्र शर्माद्वारा अनुदित र प्रतिष्ठानद्वारा विसं २०२५ मा पहिलो पटक प्रकाशित ‘चीनका प्राचीन कथा’ पुस्तक ५२ वर्षपछि दोस्रो संस्करणका रूपमा पुनः प्रकाशन भएको हो ।

प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले सो पुस्तकबाट प्राचीन सभ्यता र संस्कृतिले सम्पन्न देश चीनमा प्रचलित लोककथाहरू, तिनमा प्रस्तुत जनजीवन, लोकविश्वास, कथात्मक शैली र प्रवृत्तिसँग पाठकहरू परिचित हुने बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -