स्वागतम्,
Friday 3rd May 2024   |   Switch to English
Times of Nepal

बागलुङ बाढी : अध्यक्ष दाहाल स्तब्ध, सभामुख मर्माहत

Baglung District Of Nepal-
सेयर गर्नुहोस

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बागलुङको ढोरपाटन–९ को सुकुर्दुङ खोलामा आएको बाढीबाट भएको जनधनको क्षति भएको घटनाले आफू स्तब्ध भएको बताउनुभएको छ ।

पूर्वप्रधानमन्त्री दाहालले आज ट्वीटमार्फत सो घटनामा परी निधन भएकामा श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदनसमेत प्रकट गर्नुभएको छ । बुधबार राति परेको अविरल वर्षाका कारण उक्त खोलामा आएको बाढीले बगाउँदा १२ जनाको ज्यान गएको छ भने ४१ जना बेपत्ता भएका छन् ।

अध्यक्ष दाहालले बाढीमा बेपत्ता भएकाको खोजी र उद्धार कार्यमा जुट्न पार्टीका नेता तथा कार्यकर्ता, स्थानीय जनप्रनिधि, सुरक्षा निकाय, समाजसेवीलगायत सबैमा आह्वान गर्नुभएको छ । उहाँले बाढीमा परी निधन, बेपत्ता तथा विस्थापित परिवारजनलाई उचित क्षतिपूर्ति र व्यवस्थापनको लागि सरकारको ध्यानाकर्षणसमेत गराउनुभएको छ ।

बागलुङ बाढीः सभामुख मर्माहत

सभामुख अग्निप्रसाद सापकोटाले बागलुङको ढोरपाटन नगरपालिका वडा नं ९ भुसुण्डे, दुनापोखरा, लाकुरीबोटमा अविरल वर्षापछिको पहिरो र सुकुर्दुङ खोलामा आएको बाढीले धनजनको क्षति भएको खबरले मर्माहत भएको बताउनुभको छ ।

आज वक्तव्य जारी गरी उहाँले दुःखद घटनामा निधन भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ । सुकुर्दुङ खोलामा आएको बाढीले १२ जनाको मृत्य र ४१ जना बेपत्ता भएको छन् ।

यस्तै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि सो घटनाबाट निकै ठूलो धनजनको क्षति भएको खबरले आफू स्तब्ध बनेको बताउनुभएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -