स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

दिगोपनाको अवधारणाअनुसार वन व्यवस्थापनको काम गर्न निर्देशन

Sudurpashchim Pradesh - The Times Of Nepal
सेयर गर्नुहोस

३ चैत : सुदूरपश्चिम प्रदेशको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिले कैलाली र कञ्चनपुरमा वैज्ञानिक वन व्यवस्थापन लागू भएका वनको स्थलगत अनुगमन गरिएको छ ।

वन व्यवस्थापन लागू भएका वन क्षेत्रमा वैज्ञानिक वनको अवधारणाअनुसार सो सम्बन्धी काम भइरहेको छ कि छैन भन्ने उद्देश्यले सो समितिले स्थलगत अनुगमन गरेको हो ।

अनुगमनका क्रममा प्रदेशको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले पारदर्शीता, इमान्दारिता र दिगोपनाको अवधारणाअनुसार वन व्यवस्थापनको काम गर्न निर्देशन दिएको जनाइएको छ । समितिका सभापति हर्कबहादुर कुवँरले वैज्ञानिक वन व्यवस्थापन लागू भएका वनमा वैज्ञानिक वनको अवधारणाअनुसार काम भइरहेको पाइएको बताउनुभयो । उहाँले कैलाली र कञ्चनपुरमा तीन दिन लगाएर वैज्ञानिक वन लागू भएका क्षेत्रमा गएर समितिले स्थलगत अनुगमन गरेको बताउनुभयो ।

अनुगमनका क्रममा केही वनमा व्यवस्थापनको कमजोरी देखिएको बताउँदै कुवँरले भन्नुभयो, “धेरै जसो वनमा वैज्ञानिक वनको अवधारणाअनुसार संरक्षण भइरहेको पाइएको छ ।” उपभोक्ताले वनको आम्दानीबाट बाटो, पुल, विद्यालय, खानेपानी, आयआर्जनलगायत विकास निर्माणका क्षेत्रमा लगानी गरेको जनाइएको छ । सङ्घीय सरकारको नीतिअनुरुप लागू भएको वैज्ञानिक वन व्यवस्थापनको अवधारणालाई प्रदेश सरकारले सघाउने समितिले जनाएको छ ।
सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -