स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

पुरुष टी–ट्वान्टी कप क्रिकेट खेलमा थाइल्याण्ड विरुद्ध बलिङ गर्दै नेपाल

criket sports - TON
सेयर गर्नुहोस

२१ फागुन : एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटअन्तर्गत आयोजक थाइल्याण्डविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । बैंककस्थित टेर्डथाइ क्रिकेट मैदानमा अहिले शुरु भएको खेलमा थाइल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङ गर्न लागेकोे हो ।

पाँच राष्ट्र सहभागी उक्त प्रतियोगितामा फाइनल पुग्ने दुई टोलीले एशिया कप छनोटमा स्थान बनाउनेछन् । त्यसैले शीर्ष दुईमा स्थान बनाउन नेपाललाई थाइल्याण्डविरुद्धको खेलमा जित निकाल्नुको विकल्प छैन । त्यस्तै नेपालले जित निकालेर पनि शीर्ष दुईमा स्थान बनाउनका लागि अन्य टोलीको नतिजामा भर पर्नु पर्नेछ ।

यसअघि दुई खेल खेलेको नेपालले दुवै खेलमा पराजय भोगेको छ । नेपाल मलेशियासँग २२ र हङकङसँग ४३ रनले पराजित भएको थियो । अब नेपालले थाइल्यान्ड र सिङ्गापुर दुवैलाई फराकिलो अन्तरले पराजित गर्नुपर्ने हुन्छ ।

नेपाल तालिकाको पुछारबाट दोस्रो स्थानमा छ । यता तीन खेल खेलेको थाइल्याण्डले तीनै खेलमा पराजय भोगेको छ । थाइल्यान्डले हङकङ र मलेशियासँग समान आठ विकेट तथा सिङ्गापुरसँग ४३ रनले पराजित भएसगै एशिया कप यात्राबाट बाहिरिसकेको छ । थाइल्याण्ड अङ्कविहीन रहँदै अङ्क तालिकाको पुछारमा छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -