नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पु¥याइने नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पु¥याइने



नेपाल र भारतका प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज अपराह्न नयाँदिल्लीस्थित हदैरावाद हाउसमा भएको भेटवार्तामा उहाँहरूले पारस्परिक सम्बन्धलाई गतिशील एवं सुदृढ तुल्याउन दुवै देशबाट विगतमा भएका प्रयासका साथै समसामयिक विषयमा विचारविमर्श गर्नुभएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रधानमन्त्री ओलीले श्री मोदीलाई भारतीय जनता पार्टी तथा राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडिए)ले लोकसभा निर्वाचनमा हासिल गरेको शानदार सफलताका साथै दोस्रो कार्यकालका निम्ति प्रधानमन्त्री हुनुभएकामा हार्दिक बधाइ ज्ञापन गर्दै प्रधानमन्त्री मोदीको कार्यकालको सफलताको कामना गर्नुभयो ।



प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट बधाई सन्देश सुनाउँदै प्रधानमन्त्री मोदीको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले नेपालको राजकीय भ्रमणका निम्ति भारतका राष्ट्रपतिलाई आमन्त्रण गर्नुभएको सन्देश पनि प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीमा प्रवाह गर्नुभयो ।

भारत र नेपालको पारस्परिक लाभका खतिर सहयोगका सबै क्षेत्रमा साझेदारी अभिवृद्धि गर्दै आपसी सम्बन्धलाई अझ घनीभूत तुल्याउन नियमितरुपमा उच्चस्तरमा हुने भ्रमण महत्वपूर्ण हुनेमा दुवै देशका प्रधानमन्त्रीले मतैक्यता व्यक्त गर्नुभयो । साथै आआफ्नो नेतृत्वमा नेपाल–भारत सम्बन्धमा भएको प्रगतिप्रति दुवै प्रधानमन्त्रीले प्रसन्नता प्रकट गर्नुभयो ।

शपथ समारोहमा सहभागी हुन प्राप्त आमन्त्रणलाई स्वीकार गरी नयाँदिल्लीको भ्रमण गर्नुभएकामा प्रधानमन्त्री ओलीप्रति प्रधानमन्त्री मोदीले आभार प्रकट गर्नुभयो । प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका निम्ति गर्नुभएको निमन्त्रणालाई सहर्ष उहाँले स्वीकार गर्नुभएको उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । प्रधानमन्त्री ओली आजै अपराह्न स्वदेश फर्कने कार्यक्रम छ ।


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

लोकप्रिय

विचार/ब्लग

ads logo
ads logo
ads logo

भिडियो / टीभी