स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

मुख्यमन्त्री भट्ट र फिनल्याण्डका पदाधिकारीबीच भेटवार्ता

सेयर गर्नुहोस

धनगढी, ५ वैशाख प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट र फिनल्याण्डको विकास नीति समिति (डिपिसी)का पदाधिकारीबीच आज यहाँ भेटवार्ता भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा भएको भेटवार्ताका क्रममा दुई पक्षबीचको आपसी हितका विषयमा छलफल भएको सो कार्यालयले जनाएको छ ।

भेटका क्रममा मुख्यमन्त्री भट्टले फिनल्याण्ड सरकारले नेपाल सरकारलाई दिँदै आएको सहयोगका लागि धन्यवाद दिनुभयो ।

फिनल्याण्डका संसद सदस्य एवं डिपिसीका अध्यक्ष अ‍ैला पालोनिइमी र डिपिसीका उपाध्यक्ष सारा सोफिया सिरेन टोलीमा सहभागी हुुनुहुन्थ्यो ।

यसैबीच, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्तामा कार्यालयका उपसचिव विसनसिंह थापालाई तोकिएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -