स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

अदालतद्वारा सलमान खानलाई जमानत

सेयर गर्नुहोस

जोधपुर, भारत, २४ चै  भारतको एक अदालतले सन् १९९८ मा दुर्लभ कृष्णसारको शिकार गरेकोमा दोषी ठहर गरिएका चर्चित भारतीय अभिनेता सलमान खानलाई जमानतमा रिहा गर्न अनुमति दिएको उहाँका वकीलले बताउनुभएको छ ।

भारतीय सञ्चारमाध्यमसँग वकील महेश बोहोराले भन्नुभयो, एक जना न्यायाधीसले जमानतका लागि स्वीकृति दिँदै हस्ताक्षर गर्नुभएको छ । सम्भवत उहाँ शनिबार नै जोधपुर जेलबाट छुट्नु हुनेछ ।

विश्वका केही धेरै पारिश्रमिक लिने अभिनेतामध्येका सलमान खानलाई बिहीवार राजस्थान राज्यको जोधपुरस्थित एक अदालतले दोषी ठहर गर्दै पाँच वर्षको जेलसजाय सुनाएको थियो भने १० हजार रुपैयाँ जरिवाना गराएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -