स्वागतम्,
Tuesday 19th March 2024   |   Switch to English
Times of Nepal

तिहार अघि स्थानीय निकायमा प्राविधिक कर्मचारी

सेयर गर्नुहोस

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तिहार अघि स्थानीय निकायमा प्राविधिक कर्मचारीले कार्य गर्ने बताउनुभएको छ ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले प्रदेशस्तरीय अन्तर समन्वय तथा विकाससम्बन्धी दुईदिने अन्तरक्रियामा उहाँले जनतालाई सहज ढङ्गले सेवा पु¥याउन ३० हजार कर्मचारीको दरबन्दी वृद्धि भएको र तिहारपछि प्रशासनिक क्षेत्रका कर्मचारी कार्यक्षेत्र जाने जानकारी दिनुभयो ।

मन्त्री पण्डितले करारमा कर्मचारी भर्ना गर्दा साधारण खर्च बढ्न गई विकास खर्चमा असर पार्ने बताउनुभयो । विगतको जस्तो कर्मचारीलाई अब प्रशिक्षण नहुने जानकारी दिँदै उहाँले जनप्रतिनिधिको माग र आवश्यकताअनुसार तालीम सञ्चालन गरिने स्पष्ट पार्नुभयो । प्रदेशका प्रमुख सचिव सुरेश अधिकारीले जनप्रतिनिधि र कर्मचारीको क्षमता वृद्धिमा तालीम सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यसैबीच मन्त्री पण्डितले शिक्षकले गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी उत्तीर्ण प्रतिशत वृद्वि गर्नुपर्ने बताउनुभएको छ । विराटनगर–११ स्थित जनपथ माध्यमिक विद्यालय भवन उद्घाटन कार्यक्रममा उहाँले गुणस्तरीय शिक्षा प्रदान गरी प्रतिस्पर्धी मानवस्रोत तयार गर्नुपर्ने बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -