स्वागतम्,
Tuesday 19th March 2024   |   Switch to English
Times of Nepal

गृहमन्त्री अष्ट्रिया प्रस्थान

सेयर गर्नुहोस

काठमाडौँ, २८ फागुन  : गृहमन्त्री रामबहादुर थापा छदिने भ्रमणका लागि आज अष्ट्रिया प्रस्थान गर्नुभएको छ । मन्त्री थापा अष्ट्रियाको भियानामा हुने संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालय (युएनओडिसी)को ६२औँ मन्त्रिस्तरीय बैठकमा सहभागी पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जानुभएको हो ।

उक्त बैठकले संयुक्त राष्ट्रसङ्घको लागुऔषध नियन्त्रणसम्बन्धी सन्धि र अभिसन्धिको कार्यान्वयनको अवस्था र आगामी दिनको विश्वव्यापी नीति र मार्गदिर्नेशन तय गर्नेछ । बैठकमा गृहमन्त्री थापाले नेपालको लागुऔषध नियन्त्रणका क्षेत्रमा गरेका काम कारवाहीका बारेमा जानकारी गराउनुहुने उहाँका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिनुभयो ।

यस्तै गृहमन्त्री थापाले युएनओडिसीका प्रमुख र विभिन्न देशका मन्त्रीसँग छलफल गर्ने कार्यक्रमसमेत रहेको छ । मन्त्री थापा अगामी चैत ३ गते स्वदेश फर्कनुहुनेछ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -