१५ चैत : नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षक र कर्मचारीलाई आफ्नो न्यूनतम् एक दिन बराबरको तलब सुविधा दिन आह्वान गरेको छ ।
महासङ्घका अध्यक्ष बाबुराम थापाले सङ्कलित रकम सरकारलाई हस्तान्तरण गर्ने जनाउँदै कोरोना भाइरसबाट बच्न र बचाउन सबैमा आग्रह पनि गर्नुभयो । उहाँले सरकारले जारी गरेको लकडाउनमा समर्थन जनाउन पनि आग्रह गर्नुभयो ।