स्वागतम्,
Monday 29th April 2024   |   Switch to English
Times of Nepal

मुख्यमन्त्री राउतद्वारा सेल्फ ‘क्वारेन्टाइन’मा बस्न अपिल

सेयर गर्नुहोस

१० चैत : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोभिड–१९ भाइरसबाट जोगिन प्रदेशवासीलाई ‘सेल्फ क्वारेन्टाइन’ मा बस्न अपिल गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज जारी गरिएको अपिलमा उहाँले विश्वभरिनै त्रास मच्चाएको कोरोना नियन्त्रणका लागि सरकारी प्रयासमात्र पर्याप्त नभएको आम प्रदेशवासीलाई सरकारको कदमलाई समर्थन गर्दै सेल्फ क्वारेन्टाइन एकमात्र विकल्परहेको स्पष्ट पार्नुभएको छ ।

उहाँले प्रदेशवासीलाई आ–आफ्नै घरबाट हौसला प्रदान गर्दै सरकारको कदमलाई समर्थन गरेर सहयोग गर्न अपिल गर्नुभएको छ । मुख्यमन्त्री राउतले कोभिड–१९ र रोकथामका लागि यस अघिनै प्रदेशका सबै जिल्लालाई रु ५०–५० लाख उपलब्ध गराइसकिएको भए पनि त्यो पर्याप्त नरहेको जनाउनुभएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -