१० चैत : फ्रान्सबाट कतार हुँदै शुक्रबार नेपाल आएका एक व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्दा उनमा कोभिड–१९ पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो । उनलाई अहिले अस्पतालको आइसोलेशनमा राखिएको जनाइएको छ ।