स्वागतम्,
Wednesday 1st May 2024   |   Switch to English
Times of Nepal

विकृतिका कारण सहकारी बद्नाम

त्रिलोचन भट्ट
सेयर गर्नुहोस

२२ फागुन ; सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सहकारीमा देखिएका विकृतिका कारण सहकारी बद्नाम बन्दै गएको बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घको आयोजनामा आज धनगढीमा आयोजित ‘प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी’ भन्ने नारासहित प्रादेशिक गोष्ठीमा उहाँले सहकारीले वर्षैपिच्छे अनुदान मात्र लिने परिणाम दिन नसक्दा विपन्न वर्गको आर्थिकस्तरमा सुधार आउन नसकेको बताउनुभयो ।

उहाँले सहकारीले जनताको जीविकोपार्जनमा टेवा पु¥याउने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो पटक सहकारी दर्ता गर्नेक्रम बढेको बताउँदै एउटै प्रकृतिका सहकारी मर्जर गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो । राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले सहकारीले देशको आर्थिक विकासका लागि महत्वयूर्ण योगदान दिँदै आएको बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -