स्वागतम्,
Thursday 2nd May 2024   |   Switch to English
Times of Nepal

सामुदायिक भवन निर्माणार्थ दुवाकोट, भक्तपुरमा महायज्ञ

Mahayagya,Invitation Bhaktapur-the times of nepl
सेयर गर्नुहोस

भक्तपुर, फागुन ४ः श्री संघर्षशील युवा समाजको आयोजनामा यहि फाल्गुन १२ गते देखि २० गते सम्म चां.न.पा. १, हँसिलो बेसिगाउँ, दुवाकोट, भक्तपुरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।  स्वामी केशवानन्द गीरी, महेश सन्यास आश्रम १००८ महाराज, महेश संस्कृत गुरुकूल विद्यापिठका उपाध्यक्षको प्र्रमुख आथित्यतामा भागवत भाष्कर पं. माधव प्रसाद कुइँकेलको मुखारबिन्दबाट संगीतमय प्रवचन हुने उक्त श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञबाट संकलित रकमबाट बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गर्ने उद्देश्य रहेको छ ।

Mahayagya,Invitation Bhaktapur-the times of nepl
१२ गते कलश यात्रा गरि समुद्घाटन हुने उक्त ज्ञान महायज्ञमा पाठपारायण, हवन, कथा बाचन, झाकी प्रर्दशन, संर्कितन भजन, दानवीरहरुलाई सम्मान लगायतका दैनिक कार्यक्रम रहेको मुल अयोजक समिति अध्यक्ष श्री राजेन्द्र श्रेष्ठले जानकारी गराउनु भएको छ ।

Mahayagya,Invitation Bhaktapur-the times of nepl
ज्ञान महायज्ञमा उपस्थित भई कथा श्रवण तथा यथासक्य दान गरि पुण्य आर्जन गर्नका लागि आयोजकले हार्दिक निमन्त्रणा गरेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+भुवन अर्याल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -