स्वागतम्,
Tuesday 30th April 2024   |   Switch to English
Times of Nepal

मल खाद सहज उपलब्ध गराउन किसानको माग

कृषि , रासायनिक मल - the times of nepal
सेयर गर्नुहोस

अहिले मधेशका किसानहरु धान  काटेर खेतमा  गहूँ तथा अन्य नगदेबाली लगाईरहेको अवस्था छ । प्रदेश नं. २ मा  धानको उत्पादनमा कमि आए देखि किसानहरु गहुँ उत्पादनका लागि  अहिले विउ र खादको लागि  भौतारिरहेको अवस्था छ ।

सरकारले सहज रुपमा किसानहरुका लागि  विउ तथा मल खादको उपलब्धता गराउन नसकेकाले उनिहरु सिमाबारबाट  मल खाद ल्याई खेलमा लगाईरहेको अवस्था छ । अर्का तर्फ  सहकारी संस्था मार्फत किसानहरुलाई  मल खाद उपलब्ध गारउने सरकारको नियमका कारण समेत कालाबजारी भईरहेको छ ।

सामान्य रुपमा किसानहरुलाई सहजै मल र खाद उपलब्ध नगराई सरकारले कृषि सहकारी संस्था मार्फत दिने व्यवस्था मिलाएकाले उनिहरुले विउ विजन कम्पनीबाट मद तथा दाख लिएर जान्छन । तर बास्तविक किसानको  खेलमा नपुगेर तिम ल तथा खाल विचौलिया मार्फत कालोबाजारीको माध्यमले किसान  महँगोमा किन्न सक्ने अवस्थाको सृजना भएको छ ।

अर्का तर्फ  विकासहरुले  सिमापारबाट मल र खाद ल्याउन खोज्दा सिमा क्षेत्रमा रहेका सुरक्षाकर्मीले रकम लिने गरेकाले उनिहरुलाई  दोहरो समस्या भईरहेको अवस्था छ । यसरी  कृषि प्रधान देशमा किसानले मल, विउ तथा पानी सजिलै नपाएपछि कसरी  खेलमा अन्नबाली फलाउन सक्छ होला । त्यसैले प्रदेश सरकार तथा  संघीय सरकारले किसानहरुको समस्यालाई समाधान गर्नुपर्ने आवश्यक्ता रहेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -