स्वागतम्,
Tuesday 30th April 2024   |   Switch to English
Times of Nepal

मामा–भान्जी पक्राउ

trending news, latest news, hotnews, popular news, criminal case, corruption search, crime
सेयर गर्नुहोस

 २२ मङ्सिर : बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पाँच किलोग्राम चरेससहित दुई जना पक्राउ परेका छन् । गाउँपालिका–६ निसीसिपका ३० वर्षीया भागिमला बुढा र उनका मामा पर्ने स्थानीयवासी २५ वर्षीय रामबहादुर साउथोकीलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक सुरज खड्काका अनुसार मामा–भान्जीबीच चरेस खरीद बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको जानकारी दिनुभयो । दुवैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -