स्वागतम्,
Tuesday 30th April 2024   |   Switch to English
Times of Nepal

जनकपुरधाममा अहिले जताततै शौचको लागि खुला क्षेत्र अपनाउनुपर्ने वाध्यता

जनकपुरधाममा अहिले जताततै शौच - The Times Of Nepal
सेयर गर्नुहोस

कार्तिक २५ । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा अहिले जताततै शौचको लागि खुला क्षेत्र अपनाउनुपर्ने वाध्यता रहेको छ । जनकपुरमा आउने पर्यटकहरुलाई सार्वजनिक शौचालयको भावको कारणले विभिन्न स्थानहरुको पर्खाल मुनि ओत लाग्नुपर्ने वाध्यता छ ।

जनकपुरधाम उपमहानगरपालिकामा २२ वटा सार्वजनिक शौचालय रहेको छ तर अधिकांश शौचालयहरु भने जिर्ण रहेको कारणले प्रयोगविहिनताको अवस्थामारहेको छ।  तराईका अधिकांश शहरहरुको अवस्था समेत यस्तै रहेको छ । जनकपुरधाममा आउने गरिएको पर्यटकहरुलाई सार्वजनिक शौचालयको अभावको कारणले गर्दा समस्या हुने गरिएको छ ।

नगरको अधिकांश भुभागहरु खुला शौचालयको कारणले नगर क्षेत्र दुर्गन्धित बन्ने गरेको छ ।
स्थानिय सुशिल कर्णले सरोकारवाला निकायहरुले तत्काल ध्यान नदिएको कारणले समस्या आएको बताए ।
अभियानकर्ताहरुले जिल्लालाई खुल्ला दिसामुक्त घोषण गर्न हतार गरेकाले अभियान प्रभावकारी हुन नसकेको स्थानीयको भनाइ छ ।

जनकपुरधाममा अहिले जताततै शौच - The Times Of Nepal

अभियानमा जुटेका सरकारी कार्यालयका कर्मचारी र संघ सस्थाका प्रतिनिधिहरुले शौचालय विनानै कार्यक्रम सकेकाले अहिले गाँउघरको सडकमा दुर्गन्ध बढेकोछ । शौचालय निर्माण गरेकोलाई सरसफाइ कार्ड नभएसम्म सरकारी सेवा सुविधा नपाउने पालिकाले सूचना जारी गरेपछि स्थानीय बासिन्दाले सरकारी सुविधा लिनका लागि अस्थायी शौचालय निर्माण त गरे तर ति शौचालयहरु अहिले प्रयोगबिहीन भएका छन् ।

जिल्ला खुल्ला दिशामुक्त हुन पहिला खुल्ला दिशामुक्त अभियान सफल बनाउन स्थानीय तहले बिपन्न तथा गरिब परिवारकालागि सिमेन्ट, रड, रिङलगायतको निर्माण सामग्री निःशुल्क अनुदानमा उपलब्ध गराएपनि प्रभावकारी नभएपछि अहिले स्थानीयहरु खुल्ला ठाउँमि शौच गर्न बाध्य भएका ।

जनकपुरधाममा अहिले जताततै शौच - The Times Of Nepal

नागरिकमा जनचेतनाको कमी, गरिबी र शौचालय बनाउने जग्गाजमिन नभएका परिवारले अहिले सडक, खोलाका किनार, उखुबारी,बाँसघारी र खाली ठाँउमा शौच गर्न बाध्य भएका छन् ।
गाउँघरमा अझै स्थलगत अनुगमन गर्ने हो भने ५० प्रतिशत भन्दा बढी नागरिक शौचालय भन्दा बाहिर नै शौच गर्ने गरेका छन् । नेपालमा ७१ औँ जिल्लाको रुपमा सर्लाही खुल्ला दिशा मुक्त जिल्ला घोषणा भएपनि त्यो कागजको पानामा मात्र सिमित भएको छ । जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्न एक अर्ब भन्दा बढी रकम खर्चिए पनि विभिन्न पालिकाहरुमा रहेको बाटो, पोखरी, नदिमा अहिले नाक छोपेर हिडनु बाहेक अर्को विकल्प छैनन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -