स्वागतम्,
Tuesday 30th April 2024   |   Switch to English
Times of Nepal

सुन्धारादेखि दरबारमार्गसम्म वृक्षरोपण

वृक्षरोपण
सेयर गर्नुहोस

काठमाडौँ, २६ भदौ :सुन्धारादेखि दरबारमार्गसम्म वृक्षरोपण शुरु गरिएको छ । वन तथा वातावरण विभाग, काठमाडौँ महानगरपालिका र नेपाली सेनाको संयुक्त आयोजनामा थालिएको वृक्षरोपणको आज महानगरका प्रमुख विद्यासुन्दर शाक्यले शुभारम्भ गर्नुभयो ।

प्रमुख शाक्यले हरित शहर बनाउने महानगरपालिकाको अभियान निरन्तर अघि बढ्ने बताउनुभयो । उहाँले सार्वजनिक जग्गामा हरियाली उद्यान निर्माण गर्नेलगायत काममा महानगर निरन्तर लाग्ने बताउनुभयो । उहाँले यस्तो अभियान महानगरका ३२ वटै वडामा केन्द्रित रहेको भन्दै महानगरपालिकाले सार्वजनिक विद्यालयलगायत स्थानमा पनि वृक्षरोपण गर्ने कार्यक्रम अघि बढाइएको बताउनुभयो ।

महानगरपालिकाको शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले नेपाली सेना र महानगरपालिकाका बीचमा शहरी स्वास्थ्य, शिक्षा र वातावरणीय सुधारका क्षेत्रमा साझेदारीमा आधारित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

काठमाडौँ वतावरण व्यवस्थापन विभागका प्रमुख हरि श्रेष्ठले आफूहरु शहर सफा राख्ने अभियानमा निरन्तर लागि परेको बताउनुभयो । सो अवसरमा सडकको दुवैतर्फ विभिन्न प्रजातिका १६५ बिरुवा रोपण गरिएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -