स्वागतम्,
Wednesday 1st May 2024   |   Switch to English
Times of Nepal

सङ्घीयता कार्यान्वयन सङ्घारमा सफल रुपमा अघि बढेको छ

सेयर गर्नुहोस

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले वर्तमान अवस्थामा सङ्घीयता कार्यान्वयन प्रक्रिया सफल रुपमा अघि बढेको बताउनुभएको छ । उहाँले प्रदेश सरकारले सुधारका प्रक्रिया अघि बढाएकामा त्यो नरुचाउनेले सङ्घीयताको विरोध गरेको बताउनुभयो ।

“सङ्घीयता अघि आर्थिक वृद्धिदर चार प्रतिशत मात्र थियो, गत वर्ष ७.१ प्रतिशत पुग्यो, पहिलेको तुलनामा धेरै राम्रो तरिकाले अघि बढिरहेका छौँ”,

नेपाल पत्रकार महासङ्घ गुल्मी शाखाले आज सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले आफूहरु यतिबेला सङ्घीयता कार्यान्वयनको सङ्घारमा हिँडिरहेको बताउनुभयो । संविधानको मूल मर्मअनुसार सङ्घीयता कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मुख्यमन्त्री पोखरेलले गत वर्ष प्रशासनिक संरचना निर्माणमा ढिलाइ भए पनि विकास निर्माणका हिसाबले प्रदेश नं ५ पहिलो स्थानमा रहेको दाबी गर्नुभयो ।

“सङ्घीयता अघि आर्थिक वृद्धिदर चार प्रतिशत मात्र थियो, गत वर्ष ७.१ प्रतिशत पुग्यो, पहिलेको तुलनामा धेरै राम्रो तरिकाले अघि बढिरहेका छौँ”, उहाँले भन्नुभयो । प्रदेशको नाम र मुकामको विषयमा समिति बनाएको र त्यसले प्रारम्भिक तहको अध्ययन गरी विज्ञहरुलाई रायका लागि पठाएको उहाँले बताउनुभयो । मुख्यमन्त्री पोखरेलले आजै विपद् व्यवस्थापन सूचना केन्द्र रिडीमा जडान गरिएको साइरन प्रणालीको समेत उद्घाटन गरी रुरु क्षेत्रको बारेमा जानकारी लिनुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -