स्वागतम्,
Tuesday 30th April 2024   |   Switch to English
Times of Nepal

ऊर्जा मन्त्रालयमा कार्यसम्पादन करार सम्झौता

सेयर गर्नुहोस

१६ साउन : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग मन्त्रालय मातहतका तीन सचिवले आज कार्यसम्पादन करार सम्झौता गरेका छन् ।

मन्त्रालयमा आज आयोजित समारोहमा मन्त्री पुनसँग ऊर्जा सचिव दिनेशकुमार घिमिरे, जलस्रोत सचिव डा सञ्जय शर्मा र जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव डा रमेशप्रसाद सिंहले कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौतापछि मन्त्री पुनले मन्त्रालयको कामलाई प्रभावकारी बनाउन र परिणाम निकाल्ने गरी काम गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “सबैभन्दा राम्रो परिणाम निकाल्ने, सुशासन र कार्यसम्पादनमा समेत अन्य मन्त्रालयभन्दा उच्चस्तरको नतिजा निकाल्ने गरी काम गर्नुस् ।” प्रधानमन्त्रीसँग मन्त्रीहरुले पनि कार्यसम्पादन करार सम्झौता गरेको उल्लेख गर्दै मन्त्री पुनले मन्त्रालयका सचिव र सचिवले मातहतका अन्य विभाग र आयोजना प्रमुखसँग पनि सोही खालको सम्झौता गर्ने भन्दै उहाँले जनताले खोजेको अपेक्षालाई पूरा गर्ने गरी काम हुनुपर्नेमा जोड दिनुभयो ।

“सबैभन्दा राम्रो परिणाम निकाल्ने, सुशासन र कार्यसम्पादनमा समेत अन्य मन्त्रालयभन्दा उच्चस्तरको नतिजा निकाल्ने गरी काम गर्नुस् ।”

आर्थिक वर्ष २०७५÷७६ लाई आधार वर्षको रुपमा बिताएको उल्लेख गर्दै उहाँले चालू आवलाई परिणाम दिने वर्षको रुपमा अगाडि बढाउनुपर्ने, देश र जनताको अपेक्षालाई पूरा गर्नुपर्ने बताउनुभयो । सुशासन कायम गर्न तथा जिम्मेवार कार्यसम्पादनका लागि त्यस्तो सम्झौता गर्ने गरिन्छ । मन्त्री पुनले सकारात्मक परिणाम निकाल्नका लागि सम्बद्ध सचिव र उपस्थित कर्मचारीलाई निर्देशन दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -