स्वागतम्,
Tuesday 30th April 2024   |   Switch to English
Times of Nepal

मन्त्रीद्वारा ७७ लाखको ट्राफिक सामग्री प्रदान

सेयर गर्नुहोस

प्रदेश नं १ आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रविधिमैत्री सुरक्षा तथा ट्राफिक व्यवस्थापनका लागि रु ७७ लाख नौ हजार बराबरको सामग्री प्रदेश प्रहरीलाई हस्तान्तरण गर्नुभएको छ ।

मन्त्रालयका सूचना अधिकारी विजयकुमार मगरद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार मन्त्री कार्कीले एक नं प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । प्रदान गरिएको सामग्रीमा रु ४८ लाख १७ हजार बराबरको सात थान ¥याडर गन, रु २४ लाख ६३ हजारको २० थान ब्रेथ लाइजर र रु चार लाख नौ हजारको १०० थान ह्वील लक छन् ।

प्रदेशको ट्राफिक व्यवस्थापन र यातायात दुर्घटना नियन्त्रण गर्न उक्त सामग्री उपयोगी हुने विश्वास गरिएको छ ।
प्रदेश प्रहरी प्रमुख ज्ञवालीले ट्राफिक नियम उल्लङ्घन र मादक पदार्थ सेवन(मापसे) नियन्त्रणका लागि क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी उपरीक्षक भीमबहादुर दाहाललाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -