स्वागतम्,
Tuesday 30th April 2024   |   Switch to English
Times of Nepal

‘बिपी ऐतिहासिक हुनुको कारण दूरदर्शिताको क्षमता’

BP Koirala, Politician, Bishweshwar Prasad Koirala, commonly known as BP Koirala - The Times Of Nepal
सेयर गर्नुहोस

काठमाडौँ, ६ साउन : नेपाली काङ्ग्रेसका सह–महामन्त्री डा प्रकाशशरण महतले लोकतन्त्र बलियो बनाउन काङ्ग्रेसले बिपी कोइरालाका विचारलाई मार्गदर्शन गर्दै बलियो हुनुपर्ने बताउनुभएको छ ।

अठतिसौँ बिपी स्मृति दिवसका अवसरमा ‘बिपी कोइराला स्कूल अफ पब्लिक पोलिसी’द्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले बिपी ऐतिहासिक व्यक्तित्व हुनुको कारण उहाँको दूरदर्शिताको क्षमता हो भन्नुभयो । बिपीको कार्यकर्तासँगको सामीप्य अनुकरणीय रहेको उल्लेख गर्दै पूर्वमन्त्री डा महतले तल्लो स्तरका नेता कार्यकर्ताका जिज्ञासालाई पनि बिपीले झर्को नमानी चित्त बुझाएर पठाउने गरेको स्मरण गर्नुभयो ।

काङ्ग्रेसको जनमत अब नयाँ शिराबाट विस्तार गर्नका लागि कम्युनिष्ट र उनीहरूका व्यवहार एवं कामलाई चिनाउन सक्नुपर्ने उहाँको भनाइ थियो । काङ्ग्रेस केन्द्रीय सदस्य एनपी साउँदले बिपीको अन्तरसंवाद र संलग्नता युवाहरूसँग विशेष रहेको चर्चा गर्दै स्पष्टसँग आफ्नो दृष्टिकोण दिन सक्ने भएकाले बिपीको प्रभाव जनता र कार्यकर्तामा विलक्षण रहेको बताउनुभयो । फरक प्रसङ्गमा नेता साउँदले बिपीले नै सामाजिक सुरक्षालाई सधँै केन्द्रमा राखेर श्रमिकलाई उत्पादनको हिस्सेदारी दिई विकास र अर्थतन्त्रमा टेवा दिन सकिन्छ भनेर समावेशिताको शुरुआत गरेको उल्लेख गर्नुभयो ।

विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतमले लोकतन्त्रका लागि कुनै विशेषण नचाहिने भन्दै लोकतन्त्रलाई खतरा लोकतन्त्रवादीबाटै हुन्छ भन्नुभयो । पब्लिक पोलिसीका अध्यक्ष प्रेमराज जोशीले लोकतन्त्रलाई बलियो र दिगो बनाउन बिपीका दर्शन र उहाँले छाडेका पदचापको अर्थ अहिले झनै बढेको बताउनुभयोे । बिपी कोइराला स्कूल अफ पब्लिक पोलिसी, प्रजातान्त्रिक विचार र प्राज्ञिक बहसलाई प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित स्वतन्त्र थिङ्क ट्याङ्क हो । यसले प्रजातन्त्र, मावनअधिकार र शान्तिका विषयमा अध्ययन, पैरवी र अन्तक्र्रियालगायत कार्यक्रम गर्दै आएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -