स्वागतम्,
Tuesday 30th April 2024   |   Switch to English
Times of Nepal

चौथो राष्ट्रिय डार्ट्स प्रतियोगिता सम्पन्न

sports latest news
सेयर गर्नुहोस

काठमाडौँ, ५ साउन : नेपालमा निकै कम देख्न र सुन्न पाइएको खेल हो डार्टस् ।अल्टीमेट इभेन्टस् द्वारा आयोजित डार्टस्को चौथो संस्करण कमलपोखरी स्पोर्टस् क्लबमा सम्पन्न भएको छ । उक्त कार्यक्रम नेपाल डार्टस् संघका महासचिव सुदर्शन जमकटेलले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा अल्टीमेट इभेन्टस्का अध्यक्ष विनुप राज खनालद्वारा डार्टस् खेलसम्बन्धी जानकारी दिदै खेल आरम्भ भएको थियो । “नेपालमा खासै लोकप्रिय नभएता पनि चौथो संस्करण सम्म आइपुग्दा यस खेल प्रति चासो राख्ने र प्रसंसकको संख्या संस्करण पिच्छे बढ्दै गैरहेको छ ।अल्टीमेट इभेन्टस्का अध्यक्ष विनुप राज खनालले बताउनु भयो ।

sports latest news
देशभरका १६ खेलाडी सहभागी गराइएको उक्त खेलमा प्रजित बस्नेत र आशिष शर्मा फाइनलमा पुगेका थिए । खेलको सुरुवात देखि सबै खेलाडीहरुले टक्कर दिदै फाइनलसम्म आई पुग्दा खेल निकैनै रोमाञ्चक र कडा प्रतिष्र्पधा भएको थियो । उक्त खेलमा प्रजित बस्नेतले बिगतका विजयतालाई फराकिलो अन्तरले जित्दै सेमिफाइनल प्रवेश गरेका थिए र फाइनलमा अफ्नो पोल्टामा जित पार्दै बिजयताको ताज पैहिरेका थिए । यो जित सँगै प्रजित बस्नेतले डार्टस्को लगातार तेस्रो जित हात पारेका हुन ।

नेपाल डार्टस् संघको महासचिव सुदर्शन जमकटेलका अनुसार यस खेलको उन्नती र प्रगतिका लागी संघका सबै जनाले आ–आफ्नो पाटोबाट गर्ने कार्य गरिरहेको तर डार्ट्समा बिजयता प्रजित बस्नेतको योगदान र परिश्रम सुरुवातदेखि अतुलनिय रहेको तथा प्रजित बस्नेतको कारणले आज डार्ट्स यति भएपनि लोकप्रिय बन्दै गइरहेको छ र आगामि दिनहरुमा खेल सम्बन्धी जानकारी दिनका लागी टे«निङ तथा कार्यक्रमको तयारी भैसकेको जानकारी दिनु भएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -