स्वागतम्,
Tuesday 30th April 2024   |   Switch to English
Times of Nepal

निष्पक्ष ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्छ : परराष्ट्रमन्त्री

pardip-kumar-gyawali,Latest Nepal News - The Times Of Nepal provides latest news from Nepal and the world. Get all exclusive Breaking News Nepal, current headlines, live news, including hot topics, latest breaking news on business, sports, world and entertainment
सेयर गर्नुहोस

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सञ्चारकर्मीले कसैको दबाबमा नपरी निष्पक्ष तथा पारदर्सी ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभएको छ ।

भन्ज्याग दैनिक पत्रिकाको सम्पादकीय संग्रहको आज विमोचन गर्दै उहाँले पत्रिका शुरु गर्न सजिलो छ तर जनताबीच टिकाई राख्नु चुनौतीपूर्ण रहेको बताउँदै देशको बदलिँदो परिस्थितिसँगै आर्थिक, सामाजिक रुपान्तरणलाई पनि पत्रकारले आफ्नो समाचारमा प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

मन्त्री ज्ञवालीले सञ्चारजगत् अहिले उद्योगको रुपमा प्रतिस्थापित भएकोमा खुशी व्यक्त गर्दै पत्रकारले मन नपरेको व्यक्तिलाई तेजोबध गर्न नहुने र प्रतिशोध लिने व्यक्तिको हतियार बन्न नहुने चर्चा गर्नुभयो ।

पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले पत्रकारिताजगत् जनताको दुखसुखको आधार हुनुपर्ने बताउँदै देशको परिवर्तित परिस्थितिसँगै समृद्धिको पक्षमा पनि बहस हुनुपर्ने औँल्याउनुभयो ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले पत्रकारले नेपालमा प्रजातन्त्र पुनःस्थापनाका लागि धेरै संघर्ष गरेको बताउनुभयो । महासङ्घका अर्का पूर्वअध्यक्ष महेन्द्र विष्टले नेपालका अग्रज पत्रकारहरु इतिहासको ऐनाको रुपमा रहेको चर्चा गर्दै प्रविधिले फड्को मारेको अहिलेको स्थितिमा पत्रकारले मुलुक, समाज तथा आवश्यकतामा जोडेर पत्रकारिता गर्नुपर्ने बताउनुभयो ।

सो पत्रिकाका सम्पादक विश्वबन्धु भण्डारीको सभापतित्वमा भएको सो कार्यक्रममा राजनीतिक विश्लेषक झलक सुवेदी तथा माधव शर्मालगायतको उपस्थिति थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -