स्वागतम्,
Tuesday 30th April 2024   |   Switch to English
Times of Nepal

प्रधानमन्त्री ओली भारतीय प्रमको शपथ ग्रहण कार्यक्रममा सरिक

धानमन्त्री ओली भारतीय प्रमको शपथ ग्रहण कार्यक्रममा सरिक
सेयर गर्नुहोस

प्रधानमन्त्री केपी शर्मा ओली भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा आज साँझ सरिक हुनुभएको छ । भारतीय जनता पार्टीका नेता मोदीले दोस्रो कार्यकालका लागि आज साँझ भारतीय राष्ट्रपति भवन नयाँ दिल्लीमा प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
Modi's dream
प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा औपचारिक भ्रमणका लागि आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको थियो ।
उहाँलाई इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा भारतीय विदेश सचिव विजयकेशव गोखलेले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, स्वकीय सचिव राजेश बज्राचार्य पनि हुनुहुन्छ । भारत सरकारले शपथ ग्रहण

समारोहमा आमन्त्रित गरेका छिमेकी मुलुकका अतिविशिष्ट आठ अतिथिमध्ये प्रधानमन्त्री ओली एक हुनुहुन्छ । प्रधानमन्त्री ओलीको शुक्रबार भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ताको कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओली शुक्रबार अपराह्न साढे ५ बजे स्वदेश फर्कनुहुने छ । यसअघि भारतको लोकसभाको निर्वाचनमा मोदीको विजयपछि सन् २०१४ मा पहिलो कार्यकालका लागि भएको शपथ ग्रहण समारोहमा सरकार प्रमुखका हैसियतले तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेपालबाट सरिक हुनुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -